• ३ साउन २०८३, आइतबार
  • ३:३९ बेलुका

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आधिकारिक रूपमा भंग

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ०७:२३

१५ चैत,२०८२ काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आधिकारिक रूपमा भंग भएको छ। नयाँ सरकार गठनपछि १०० दिनभित्र कार्यान्वयन गर्ने योजनाअन्तर्गत कर्मचारी युनियनहरू हटाउने विषय समेटिएको थियो। सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको नीतिलाई समर्थन गर्दै युनियनले आफ्नो अस्तित्व समाप्त भएको घोषणा गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी निर्णयलाई स्वागत गर्दै युनियनले यस्तो कदम चालेको हो।

Kamana Sewa

युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्तिअनुसार सरकारी निर्णय र निर्देशिकालाई आत्मसात् गर्दै २०८२ चैत्र १५ गतेदेखि लागू हुने गरी युनियन भंग गरिएको हो। सरकारले अघि सारेको प्रशासनिक खर्च कटौती र सार्वजनिक निकायहरूको पुनर्संरचनाको नीतिलाई समर्थन गर्दै बोर्डको कर्मचारी युनियनले खारेज गरेको बताइएको छ।

Classic Tech Desktop

प्रतिकृया