सरकारको निर्णयपछि ओली पक्राउ, एमाले सडकमा
प्रकाशित मिति
२०८२ चैत्र १४ गते, शनिबार ०२:१५
१४ चैत,२०८२ काठमाडौं – पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले का कार्यकर्ताहरूले देशभर सडक प्रदर्शन सुरु गरेका छन्।जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगको प्रतिवेदन जलाउँदै च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय नजिक कार्यकर्ताहरूले टायर बालेर विरोध जनाएका हुन्। घटनास्थलमा प्रहरीको उपस्थिति भने न्यून देखिएको छ।
प्रदर्शनका क्रममा केही कार्यकर्ताले सञ्चारकर्मीप्रति आक्रोश व्यक्त गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्। “देश जल्दा कहाँ थियौ ? अहिले किन खिच्या ? ब्याक हौ,” भन्दै पत्रकारलाई अवरोध गर्ने प्रयास गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।
जेनजी आन्दोलनको छानबिनका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गौरीबहादुर कार्की को संयोजकत्वमा आयोग गठन गरेको थियो। सोही आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय बालेन शाह नेतृत्वको वर्तमान सरकारले शुक्रबार गरेको थियो।
निर्णय लगत्तै पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध पक्राउ प्रक्रिया अघि बढाइएको थियो। शनिबार बिहान दुवै नेता पक्राउ परेपछि एमालेले देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो।








प्रतिकृया