• १७ असोज २०८३, शनिबार
  • ४ः३३ बिहान

नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार ०३:४४

१४ चैत,२०८२ काठमाडौं – नेकपा एमाले का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

National Life

ललितपुर महानगरपालिका–१५ बाट उनलाई पक्राउ गरिएको होबिन्द्र बोगटी ले जानकारी दिएका छन्।

मल्लविरुद्ध एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर तथा सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन्। साथै, न्यायको माग गर्दै उनी केही समयअघि माइतीघरमा अनशनसमेत बसेकी थिइन्।

प्रतिकृया