हेटौंडा सिमेन्ट उद्योग मा पुनः क्लिंकर उत्पादन सुरु
प्रकाशित मिति
२०८२ चैत्र १४ गते, शनिबार ०४:१०
१४ चैत,२०८२ काठमाडौं – लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग ले पुनः क्लिंकर उत्पादन सुरु गरेको छ। गत भदौ २४ गतेदेखि बन्द रहेको उद्योगले उत्पादन प्रक्रिया पुनः सञ्चालनमा ल्याएको उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्य ले जानकारी दिएका छन्।
उनका अनुसार हाल क्लिंकर उत्पादनसँगै प्याकिङको काम भइरहेको छ र छिट्टै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी गरिएको छ। “हामीसँग दुई सातालाई पुग्ने कच्चा पदार्थ छ, त्यसैबाट उत्पादन भइरहेको छ भने थप कच्चा पदार्थ व्यवस्थापनको काम पनि भइरहेको छ,” आचार्यले बताए।
नियमित अवस्थामा दैनिक ७–८ सय क्विन्टल उत्पादन क्षमता रहेको उद्योगले अहिले करिब ६ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।
वि.सं. २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले वि.सं. २०४३ सालदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन सुरु गरेको थियो।








प्रतिकृया