• ३१ भदौ २०८३, बुधबार
  • ६ः१७ बेलुका

देशभर आज चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा आराधना

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार ०९:१९

१२ चैत,२०८२ काठमाडौं- आज पावन चैते दसैं पर्व देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने यस पर्वमा नेपालीहरूले घर–घरमा नवदुर्गा भगवतीको पूजा आराधना गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

National Life

वर्षमा चार नवरात्र पर्ने भए पनि आश्विन शुक्ल पक्षको नवरात्रलाई विशेष रूपमा बडादशैँका रूपमा मनाइन्छ। त्यसबाहेक चैत्र नवरात्र अर्थात् चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्व दिइन्छ। नवमीलाई भगवान रामको जन्मसँग जोडेर रामनवमीका रूपमा पनि मनाउने परम्परा रहेको छ।

काठमाडौं उपत्यकास्थित हनुमानढोका दरबार क्षेत्र को दशैँघरमा घटस्थापना गरी विधिवत् पूजा तथा बलि दिने चलन रहेको छ। साथै गुह्येश्वरी मन्दिर, मैतीदेवी मन्दिर, भद्रकाली मन्दिर लगायतका शक्तिपीठमा विशेष पूजा हुने गर्दछ।

Classic Tech Mobile
Classic Tech Desktop

उपत्यका बाहिर मनकामना मन्दिर, पलाञ्चोक भगवती मन्दिर लगायतका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ। धार्मिक विश्वासअनुसार यस अवसरमा पूजा आराधना गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ।

धर्मशास्त्रविद्हरूका अनुसार महामारीजस्ता अवस्थाहरूमा घरमै बसेर मानसिक रूपमा पूजा–आराधना गर्न सकिने र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताइएको छ।

प्रतिकृया