आयल निगमद्वारा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रकाशित मिति
२०८२ चैत्र ११ गते, बुधबार ०९:५०
११ चैत,२०८२ काठमाडौं- नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बुधबार साँझ सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५/१५ रुपैयाँले मूल्यवृद्धि गरेको जनाएको हो।
नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ पुगेको छ भने दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। यसअघि पहिलो वर्गमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा थियो।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य पनि वृद्धि भई पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा पुगेको छ भने दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पहिलो वर्गमा परेका छन्। सुर्खेत र दाङ दोस्रो वर्गमा रहेका छन् भने काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा राखिएका छन्।




प्रतिकृया