• ३१ भदौ २०८३, बुधबार
  • ९ः५६ राती

आजदेखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरू, केलटोलबाट खट यात्रा प्रारम्भ

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार ०९:२९

१२ चैत,२०८२ काठमाडौं- काठमाडौंमा आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा विधिवत् रूपमा सुरू भएको छ। प्रत्येक वर्ष चैते दसैं को दिनबाट सुरु गरिने परम्पराअनुसार यस वर्ष पनि रथयात्रा आरम्भ गरिएको हो।

National Life

जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका अनुसार आज केलटोलबाट खट यात्रा सुरु भई मूर्तिलाई विशेष श्रृङ्गारसहित जमलस्थित रथमा प्रतिस्थापन गरिनेछ। त्यसपछि रथलाई रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइने कार्यक्रम छ। आज राति राष्ट्रपति दर्शनका लागि असन पुग्ने तालिका तय गरिएको छ।

यात्रा चैत्र १३ गते असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका दरबार क्षेत्र पुग्नेछ भने त्यसको भोलिपल्ट विभिन्न स्थान परिक्रमा गर्दै लगन पुर्‍याइनेछ। अन्तिम दिन लगनबाट जनबहालसम्म रथ यात्रा सम्पन्न गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि सुरु हुने यो जात्रा पूर्णिमासम्म चल्ने गर्दछ। काठमाडौं को जमलबाट सुरु हुने र जनबहालमा समापन गरिने यस जात्रामा सेतो मच्छिन्द्रनाथलाई वर्षा, सहकाल तथा शान्तिका देवताका रूपमा पूजा गरिन्छ।

हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथलाई करुणामय तथा आर्यअवलोकितेश्वरका रूपमा पनि मानिन्छ। यस जात्रामा सहभागी हुँदा घरमा सुख, शान्ति, समृद्धि आउने तथा अनिष्ट टर्ने धार्मिक विश्वास रहिआएको छ।

प्रतिकृया