• १७ असोज २०८३, शनिबार
  • ३ः५६ राती

जेन–जी आन्दोलनमा प्रधानमन्त्री जवाफदेही नहुने ओलीको बयान

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ०४:३२

११ चैत,२०८२ काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा भएका घटनामा प्रधानमन्त्री प्रत्यक्ष रूपमा जवाफदेही नहुने बताएका छन्। गौरी बहादुर कार्की नेतृत्वको अध्ययन आयोगसमक्ष दिएको बयानमा ओलीले प्रहरीलाई आदेश दिने जिम्मेवारी गृह मन्त्रालयको हुने उल्लेख गरेका छन्। “प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, त्यसका लागि गृह मन्त्रालय जिम्मेवार हुन्छ,” भन्ने कुरा प्रतिवेदनमा समेटिएको छ।

National Life

उनले आन्दोलनका क्रममा भएका आकस्मिक घटनाबारे प्रधानमन्त्रीलाई प्रत्यक्ष जानकारी गराउने व्यवस्था समेत नभएको जिकिर गरेका छन्।

साथै, भदौ २३ गते संसद् भवन जलाउने प्रयास भएको उल्लेख गर्दै आन्दोलनमा केही समूहले युवाहरूलाई अगाडि सारेर सुनियोजित रूपमा उत्तेजना सिर्जना गरेको र त्यसबाट ज्यानहानीसम्मको अवस्था बनेको दाबी पनि उनले गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया