• १७ असोज २०८३, शनिबार
  • ३ः५७ राती

जेन–जी आन्दोलन प्रतिवेदन: संसद् भवनमा आगजनी र सुरक्षा कमजोरी उजागर

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ०४:३९

११ चैत,२०८२ काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको ८९८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनमा ती दुई दिनका घटनाक्रम, सुरक्षा निकायको भूमिका र प्रदर्शनकारीको गतिविधिबारे विस्तृत विवरण समेटिएको छ।

National Life

संसद् भवन सुरक्षामा खटिएका केन्द्रीय विशेष कार्यदल (एसटीएफ) कमाण्डर प्रहरी निरीक्षक समुन्नत अधिकारीको बयान पनि प्रतिवेदनमा समावेश गरिएको छ। अधिकारीका अनुसार भदौ २३ गते माइतीघरमा शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन पछि हिंसात्मक बन्दै संसद् भवनमा प्रवेश गरी आगजनी र तोडफोड गरिएको थियो। स्थिति नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाई फायर प्रयोग गरेको उनले बताएका छन्।

भदौ २४ गते भने अवस्था अझ जटिल बनेको उल्लेख गर्दै उनले प्रदर्शनकारीहरूले संसद् भवनभित्र प्रवेश गरी ४०,००० लिटर डिजेल ट्याङ्क, व्यारेक, मेस, क्यान्टिन, सीसीटीभी कक्षलगायत संरचना जलाएको बताएका छन्। प्रतिवेदनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबीच समन्वयको कमी देखिएको उल्लेख छ, जसले सुरक्षा व्यवस्थामा कमजोरी उजागर गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, भविष्यमा यस्ता घटना रोक्न विशेष तालिम, आधुनिक उपकरण, रियल–टाइम सूचना प्रणाली र सुरक्षा संयन्त्र सुधार आवश्यक रहेको सुझाव दिइएको छ।

प्रतिकृया