• ३१ भदौ २०८३, बुधबार
  • ८ः४५ राती

कस्तो छ आजको मौसम पूर्वानुमान ?

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ०९:३९

२७ फाल्गुन,२०८२ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।

National Life

विभागका अनुसार अहिले देशका पहाडी र हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो लागेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित बाँकी पहाडी भू–भागमा सामान्य बदली रहने तथा अन्य स्थानमा आंशिक बदली रहने सम्भावना रहेको विभागले जनाएको छ। तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी कोशी प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने तथा अन्य स्थानमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिकृया