• १ असोज २०८३, बिहीबार
  • १ः३० राती

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ निष्काशन

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ०९:४९

२७ फाल्गुन,२०८२ काठमाडौं- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभाविततर्फ भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीतर्फ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा काम गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले १ लाख ५१ हजार ५३३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित राखेको छ। बाँकी शेयर भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभाविततर्फको आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीतर्फको आईपीओ छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीयले बिक्री प्रबन्धक, आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत ‘सी–आस्बा’ प्रणालीबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

प्रतिकृया