• ३ साउन २०८३, आइतबार
  • ४:४३ बेलुका

कस्तो छ दलहरुको निर्वाचन घोषणापत्रमा स्वास्थ्य बीमाको प्राथमिकता ?

प्रकाशित मिति

२०८२ फाल्गुन ८ गते, शुक्रबार ०२:४७

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। अधिकांश दलले स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ र दिगो बनाउने प्रतिबद्धता जनाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)

Kamana Sewa

एमालेले स्वास्थ्य बीमा प्रणालीमा संरचनात्मक तथा सञ्चालनगत सुधार गर्दै दिगो बनाउने, जिल्ला अस्पताल स्तरोन्नति गर्ने र आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। गर्भवती महिलालाई पाँच लाख रुपैयाँसम्म जीवन बीमा निःशुल्क गर्ने तथा प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ।

Classic Tech Desktop

नेपाली कांग्रेस

नेपाली कांग्रेसले उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत नागरिकलाई उपचार खर्चको चिन्ताबाट मुक्त गराउने उल्लेख गरेको छ। ‘ओखती र ओत दिने नेपाल’ शीर्षकअन्तर्गत स्वास्थ्य सेवालाई राज्यको प्रमुख जिम्मेवारी बनाउने प्रतिवद्धता कांग्रेसले जनाएको छ।

नेकपा

नेकपाले स्वास्थ्य क्षेत्रको बजेट २०८८ सम्म आठ प्रतिशत पुर्‍याउने र रोकथामप्रधान तथा डिजिटल स्वास्थ्य प्रणाली विकास गर्ने योजना अघि सारेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीले जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षा प्रणाली स्थापना गर्दै शतप्रतिशत स्वास्थ्य बीमा लागू गर्ने घोषणा गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र अनिवार्य बनाउने तथा सातै प्रदेशमा वीर अस्पतालस्तरका अस्पताल स्थापना गर्ने योजना अघि सारेको छ।

जनता समाजवादी पार्टी नेपाल

जनता समाजवादी पार्टी नेपालले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र प्रत्येक प्रदेशमा अत्याधुनिक बहुविशिष्टीकृत अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

अन्य दलहरूले पनि स्वास्थ्य बीमा प्रभावकारी बनाउने, ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्ने र स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि विगतका घोषणापत्रमा गरिएका प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको विषय भने चुनौतीका रूपमा देखिएको छ।

प्रतिकृया