• २ असोज २०८३, शुक्रबार
  • २ः४८ दिउँसो

बजार अनुगमनमा कैफियत भेटिएपछि एक फर्मलाई २० हजार जरिवाना

प्रकाशित मिति

२०८२ फाल्गुन २ गते, शनिबार ११:४५

२ फाल्गुन, २०८२ काठमाडौं – नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले एक फर्मलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि गुन्जेश्वरी ट्रेड लिङ्क प्रालि लाई कारबाही गरिएको विभागले जनाएको छ।

National Life

पछिल्ला दिनमा विभागले खाना पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय र पसलहरूमा अनुगमन तीव्र बनाएको छ। सोही क्रममा अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।

स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुगमन जारी रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया