• २ असोज २०८३, शुक्रबार
  • ३ः२८ दिउँसो

वाइडबडी इन्जिन मर्मतका लागि MRO छनोट प्रक्रिया अन्तिम चरणमा

प्रकाशित मिति

२०८२ फाल्गुन २ गते, शनिबार ११:३९

काठमाडौँ- नेपाल वायुसेवा निगमका वाइडबडी जहाजका इन्जिन नियमित मर्मत (Repair/Overhaul) का लागि आवश्यक गृहकार्य अन्तिम चरणमा पुगेको छ । निगमका वाइडबडी जहाजको इन्जिन नियमित मर्मत गर्नुपर्ने अवधि करिब एक वर्ष बाँकी रहँदा कार्यकारी अध्यक्ष अमृतमान श्रेष्ठ नियुक्त भएसँगै अन्तर्राष्ट्रिय बोलपत्रमार्फत इन्जिन मर्मत गर्ने MRO (Maintenance, Repair and Overhaul) छनोट प्रक्रिया अगाडि बढाइएको हो ।

National Life

यस प्रयोजनका लागि निगमले सात सदस्यीय उपसमिति गठन गरेको छ, जसले अन्तर्राष्ट्रिय बोलपत्र तयार गर्ने तथा आव्हान गर्ने सम्पूर्ण प्रक्रिया लगभग पूरा गरिसकेको जनाएको छ । अबको केही दिनमै उक्त कार्यसम्बन्धी सार्वजनिक सूचना जारी हुने निगम स्रोतले जानकारी दिएको छ ।

निगम सरकारी स्वामित्वको संस्था भएकाले सार्वजनिक खरिद ऐन, नियमावली तथा निर्धारित विधि र प्रक्रियासँगै अन्तर्राष्ट्रिय मापदण्डहरू समेत पूर्ण रूपमा पालना गर्दै प्रक्रिया अघि बढाइएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

वाइडबडी जहाजको इन्जिन मर्मत कार्य समयमै सम्पन्न गर्न उपयुक्त र अनुभवी अन्तर्राष्ट्रिय MRO छनोट गर्नु निगमका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ । यसले जहाजको सञ्चालन सुरक्षासँगै सेवा निरन्तरता र लागत व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया