• १३ असोज २०८३, मंगलबार
  • ४ः५४ बेलुका

केपी ओलीप्रति अपमानजनक सामग्रीप्रति एमालेको आपत्ति

प्रकाशित मिति

२०८२ माघ २१ गते, बुधबार ०३:३२

२१ माघ,२०८२ काठमाडौं –  नेकपा एमालेले सामाजिक सञ्जालमा प्रविधिको दुरूपयोग बढेको भन्दै आपत्ति जनाएको छ। पार्टीले दल, उम्मेदवार र निर्वाचन चिन्हसम्बन्धी भ्रम सिर्जना गर्ने गरी कलाकारहरूको प्रयोग र दुरुपयोग भइरहेको भन्दै त्यस्ता गतिविधि कानुनको दायरामा ल्याइने चेतावनी दिएको छ।

National Life

एमालेले अध्यक्ष केपी शर्मा ओलीप्रति गरिएका गालीगलौज तथा अमर्यादित सामग्रीप्रति पनि आपत्ति जनाएको छ। पार्टीले सामाजिक सञ्जालमा गैरजिम्मेवार प्रचार रोक्न आवश्यक कारबाहीको माग गरेको छ।

पार्टीले फागुन २१ को निर्वाचनका लागि १६३ क्षेत्रमा उम्मेदवारी दर्ता भएको जनाएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमामा प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सहमति अनुसार उम्मेदवारी सघाउने निर्णय भएको र मनाङमा प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया