साताको पहिलो दिन नेप्से १९.८५ अंकले घट्यो, कारोबार कति ?
प्रकाशित मिति
२०८२ माघ १८ गते, आईतवार ०३:२२
१८ माघ,२०८२ काठमाडौं – साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा झरेको छ। यस दिन कुल ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
कारोबारका क्रममा ट्रेडिङ उपसूचक बाहेक अन्य सबै १२ वटा उपसूचकमा गिरावट देखिएको छ। होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसूचक १.३६ प्रतिशतले ओरालो लागेको छ। ट्रेडिङ उपसूचक भने ०.५५ प्रतिशतले बढेको छ।

नेप्से घटे पनि केही कम्पनीका शेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। मिथिला लघुवित्तको शेयर मूल्य ९.७० प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ ८.१९ प्रतिशतले उक्लिएको छ। त्यस्तै एनआईबीएल ग्रोथ फण्ड ६.५१ प्रतिशत र शिवश्री हाइड्रोपावर ६.०७ प्रतिशतले बढेका छन्।

आँखुखोला जलविद्युत, युनियन हाइड्रोपावर, हुर्जा, सिन्धु विकास बैंक, १०.५० प्रतिशत एभरेष्ट बैंक डिबेन्चर २०८५ र पोखरा फाइनान्सका शेयरहरू पनि आज सर्वाधिक बढ्ने कम्पनीमा परेका छन्।




प्रतिकृया