• ३१ भदौ २०८३, बुधबार
  • ७ः२४ बेलुका

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार ०९:३९

८ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।विभागका अनुसार हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

National Life

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।

विभागका अनुसार भोलि शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया