• १ असोज २०८३, बिहीबार
  • ३ः१४ दिउँसो

काँग्रेसको कार्यसम्पादन समिति आज पनि किन बस्दैछ ?

प्रकाशित मिति

२०८२ पुष १० गते, बिहीबार ०९:२३

१० पुस,२०८२ काठमाडौं— नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। बुधबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजेदेखि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

National Life

बैठकले राष्ट्रिय सभा तथा प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्ने बताइएको छ। साथै, महाधिवेशनको कार्यतालिकामा आवश्यक सामान्य हेरफेर तथा क्रियाशील सदस्यता सम्बन्धी विवाद छिटो टुंग्याउने विषयमा समेत छलफल हुने जनाइएको छ।

बुधबार बसेको बैठकमा महामन्त्री गगन थापासहित विभिन्न नेताहरूले आफ्ना धारणा राखेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया