• २० असोज २०८३, मंगलबार
  • १२ः४२ दिउँसो

रवि लामिछाने भोलि मात्रै रिहा हुने

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०९:२३

३ पुस,२०८२ काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि मात्र रिहा हुने भएका छन् । रास्वपाका नेता हरि ढकालका अनुसार लामिछानेलाई शुक्रबार भैरहवा जिल्ला अदालतमा उपस्थित गराएपछि मात्र रिहा गर्ने प्रक्रिया सुरु हुनेछ ।

National Life

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उनलाई रिहा गरिने ढकालले जानकारी दिए ।

लामिछाने हाल पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा रहेका छन् । अदालतको आदेश कार्यान्वयनका लागि उनलाई भैरहवा लगिने तयारी भइरहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया