• २० असोज २०८३, मंगलबार
  • ११ः५७ बिहान

उच्च अदालत बुटवलले रवि लामिछानेलाई लगायो यस्तो शर्त

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०६:४४

३ पुस,२०८२ काठमाडौं— उच्च अदालत, बुटवलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश जारी गरेको छ। न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त हुन तीन शर्त पूरा गर्नुपर्ने व्यवस्था गरेको छ।

National Life

ती शर्तहरू यसप्रकार छन्:
१. विदेश यात्रा: व्यक्तिगत वा संस्थागत रुपमा विदेश जानुपूर्व अदालतलाई पूर्व जानकारी दिनुपर्ने; अनुमती लिएपछि मात्र विदेश यात्रा गर्न सकिने।
२. थप बिगो र जरिवाना: फैसला अनुसार थप बिगो र जरिवाना तिर्नुपर्ने अवस्थामा तयार भएको कागज पेश गर्नुपर्ने।
३. धरौटी/बैंक ग्यारेन्टी: जिल्ला अदालतले तोकेको धरौटी र सम्भावित बिगोको रकम बैंक ग्यारेन्टी मार्फत बुझाउनुपर्ने। लामिछानेले प्रारम्भमै बैंक ग्यारेन्टी पेश गरिसकेको हुँदा यो शर्त पुरा भइसकेको मानिएको छ।

अब जिल्ला अदालतले बैंक ग्यारेन्टीलाई प्रमाणिकरण गरी लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया