• २० असोज २०८३, मंगलबार
  • ९ः१५ बिहान

कांग्रेसले राष्ट्रिय शक्ति भएर भूमिका निर्वाह गर्नुपर्छ : गगन थापा

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०४:५४

३ पुस,२०८२ काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय शक्ति भएर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। पोखरामा आयोजित कार्यक्रममा महामन्त्री थापाले विगतमा कांग्रेसले आफ्ना आन्तरिक विवाद र पीडा भुलेर देशलाई हिंसाको आहालबाट बाहिर निकाल्ने काम गरेको स्मरण गराए।

National Life

उनले फागुन २१ गते हुने निर्वाचन वर्तमान व्यवस्थाका लागि सर्वाधिक महत्वपूर्ण रहेको भन्दै, चुनाव नहुँदा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए। थापाले भारत जस्ता देशमा निर्वाचनको चक्र निरन्तर चलेको भए पनि नेपालमा २०६२/०६३ पछि ब्रेक भएको बताएका छन्।

महामन्त्री थापाले भने, “तोकिएको समयमा चुनाव गराउने मुख्य जिम्मेवारी सरकारको हो। दलहरूसँग संवाद गरी संशय हटाउने काम पनि सरकारको हो। दलहरूले तटस्थ भूमिका राख्नुपर्दछ र सहयोग गर्नुपर्छ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया