• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

रवि र छविको रिट निवेदनमाथि सुनुवाइ सम्पन्न,के आउला निर्णय ?

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०४:४०

३ पुस,२०८२ काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले थुनाबाहिर बस्न पाउन दिएको रिट निवेदनमाथि उच्च अदालत, बुटवलमा सुनुवाइ सम्पन्न भएको छ।

National Life

न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलाशमा सुनुवाइ भएको हो। लामिछाने र जोशीले बिगो बापतको रकम बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए।

सुनुवाइमा लामिछानेका तर्फबाट अधिवक्ताहरु डा. नारायणदत्त कँडेल, दीपेन्द्र झा, महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरे भने जोशीका तर्फबाट शिव गौडेल र रोचक जोशीले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ र जाहेरवालाका तर्फबाट अधिवक्ता सञ्जिव घिमिरेले बहस गरे।

Classic Tech Mobile
Classic Tech Desktop

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने नख्खु कारागारमा, जोशी भने भैरहवा कारागारमा छन्। जिल्ला अदालतले बिगो बुझाइसके पनि उनीहरूको रिहा निवेदन अस्वीकार गरेको थियो।

लामिछानेले आफू सहकारीको सदस्य नभएको र ऋण प्रक्रियामा संलग्न नरहेको दाबी गर्दै ठगीमा संलग्न नरहेको इन्कारी बयान दिँदै आएका छन्।

प्रतिकृया