• २० असोज २०८३, मंगलबार
  • ९ः१६ बिहान

रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०४:५९

३ पुस,२०८२ काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत, तुलसीपुरले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो।

National Life

अदालतले लामिछानेको हकमा आफ्नो दायित्व बराबरको बिगो माग्ने आदेश गरेको छ। धरौटी बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन्।

उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने अघिल्लो आदेश बदर गर्दै, धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। यो आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया