• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

नेपाल लाइफको २१ प्रतिशत लाभांश प्रस्ताव

प्रकाशित मिति

२०८२ मंसिर २५ गते, बिहीबार १०:३१

मंसिर २५,२०८२ काठमाडौं— नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना शेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर तथा १६.०५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको हो।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी २६औं वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव विनोदकुमार भुजेलले जानकारी दिए।

Kamana Sewa

पाल लाइफको यो प्रस्ताव हालसम्म बीमा क्षेत्रको उच्च लाभांश प्रस्तावमध्ये एक मानिँदै आएको छ।

Classic Tech Desktop

प्रतिकृया