• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बिहान

सालपा विकास बैंकको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण आजदेखि सुरू

प्रकाशित मिति

२०८२ मंसिर २५ गते, बिहीबार १०:३६

मंसिर २५, २०८२ काठमाडौं— सालपा विकास बैंक लिमिटेडले आफ्नो पहिलो चरणको आईपीओ निष्कासन आजदेखि सुरू गरेको छ। मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन खुला गरिएको हो।

National Life

बैंकले धितोपत्र बोर्डबाट मंसिर ८ गते अनुमति पाई कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ सर्वसाधारणमा ल्याउने तयारी गरेको छ।
पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर श्रम स्वीकृति लिएर विदेश पुगेका नेपालीहरूका लागि छुट्याइएको छ। यसमा मंसिर २५ देखि २९ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म माग गर्न मिल्नेछ।

यसअघि नै बैंकले ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र २६ हजार ११९ कित्ता आफ्ना कर्मचारीका लागि सुरक्षित राखिसकेको छ। बाँकी १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ दोस्रो चरणमा सर्वसाधारणका लागि खुला गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा ‘मेरो सेयर’ अनलाइनमार्फत सहजै आवेदन दिन सक्नेछन्।
उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया