• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बिहान

जेनजी दमन विवादमा परेका सहसचिव रिजालमाथि भ्रष्टाचारको पनि अनुसन्धान

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार ०९:०६

मंसिर २६,२०८२ काठमाडौं— जेनजी आन्दोलनमा दमन आदेश जारी गरेको विवादकै बीच सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचार आरोपमा समेत अनुसन्धान सुरु भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

National Life

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका बेला २३ भदौको जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै आलोचना भोगिरहेका रिजालले सर्वोच्च अदालतमा पठाएको जवाफमा उक्त निर्णय ‘राजनीतिक समन्वयमा गरिएको काम’ भएको उल्लेख गरेका थिए।

सीडीओ हुनुअघि रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख थिए। तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत रहँदा कर्मचारीहरूलाई अध्यागमन तथा अन्य ‘आकर्षक’ कार्यालयमा तोक्दा पेशागत आचरणविपरीत काम गरेको आरोप उनीमाथि लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारले विशेष अदालतमा पेस गरेको विवरणका अनुसार, तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईसँग सम्बन्धित अस्वभाविक गतिविधि तथा डायरीलगायतका प्रमाणका आधारमा उनीहरूमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।

यसैबीच, सहसचिव रिजाललाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।

प्रतिकृया