• २१ भदौ २०८३, आइतबार
  • १०ः२४ राती

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा निर्वाचन मानव अधिकारमैत्री बनाउने आग्रह

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ११:१३

मंसिर २४, २०८२ काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेका छन्।

National Life

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले युवापुस्ताको आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिलाई नेपाली जनतासहित अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको उल्लेख गरे। उनले सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ताका अभियन्ता र सर्वसाधारण नागरिक सबैले संयोजनकारी र सकारात्मक भूमिका खेल्नुपर्ने बताए।

उनले मानव अधिकारलाई जीवनको आधार भएको उल्लेख गर्दै मानव अधिकार जन्मसिद्ध हक भएको र नेपालको संविधानले स्वतन्त्रता, समानता र न्यायलाई मजबुत बनाउन योगदान दिएको बताए।

Classic Tech Desktop

राष्ट्रपति पौडेलले नेपाल विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी सन्धि सम्झौताको पक्षराष्ट्र भएको र मानव अधिकारको सम्मान, संरक्षण, संवर्द्धन तथा परिपूर्ति सम्बन्धी दायित्वप्रति सरकार तथा समाज सधैं प्रतिबद्ध रहेको बताए। उनले सङ्घीय, प्रदेश, स्थानीय सरकार र सामाजिक संस्था, सञ्चारमाध्यम तथा निजी क्षेत्रको सक्रियताले कमजोर तथा जोखिममा रहेका समूहलाई न्याय र अधिकारको अनुभूति गराउन आवश्यक रहेको पनि जोड दिए।

राष्ट्रपति पौडेलले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार रहेको उल्लेख गर्दै यस दिशामा थप काम आवश्यक रहेको बताए।

प्रतिकृया