• २९ भदौ २०८३, सोमबार
  • १ः३३ दिउँसो

आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०९:५६

मंसिर ११, २०८२ काठमाडौं – आजसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले कृषि विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सर्वोत्तम सिमेन्ट, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरका लाभांश प्राप्त गर्नेछन्।

National Life

कृषि विकास बैंकले ३.५% बोनस शेयर, ९.७५% नगद लाभांश र अविमोच्य अग्राधिकार शेयरधनीका लागि थप ६% नगद लाभांश प्रस्ताव गरेको छ। यसको १९औं वार्षिक साधारणसभा मंसिर २९ गते भक्तपुरमा बस्नेछ।

शाइन रेसुङ्गा बैंकले ३% बोनस शेयर र १०% नगद लाभांश वितरण गर्नेछ। यस सम्बन्धी १७औं साधारणसभा मंसिर २६ गते बुटवलमा आयोजना हुँदैछ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६.३१५८% नगद लाभांश प्रस्ताव गरेको छ। यसको ७औं साधारणसभा मंसिर २३ गते काठमाडौंमा बस्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोत्तम सिमेन्टले ५% बोनस शेयर र १५% नगद लाभांश प्रस्ताव गरेको छ, जसलाई पारित गर्न मंसिर २६ गते भैरहवामा ७औं साधारणसभा बोलाइएको छ। बरुण हाइड्रोपावरले ४.७५% बोनस शेयर र ०.२५% नगद लाभांश प्रस्ताव गरेको छ। यसको २२औं साधारणसभा काठमाडौंमा बस्नेछ।

ङादी ग्रुप पावरले पनि ४.७५% बोनस शेयर र ०.२५% नगद लाभांश दिनेछ। यसका लागि १२औं साधारणसभा मंसिर २५ गते काठमाडौंमा बस्नेछ। लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी दर्ता अवस्था कायम गर्नुपर्ने नेप्सेले जनाएको छ।

प्रतिकृया