• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

शेयर बजारमा हरियाली, नेप्से १३.८० अंकले उकालो

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०३:१७

काठमाडौं। नेप्से सूचक आज दोहोरो अंकले बढेर २५६४.१६ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार सूचक १३.८० अंकले वृद्धि भई बजारमा हरियाली देखिएको हो।

National Life

आज ३४५ कम्पनीका ९१ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६ करोड ५६ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

प्रतिकृया