• २० असोज २०८३, मंगलबार
  • ९ः२० बिहान

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार ०३:२८

ढाका । बंगलादेशमा गत वर्षको विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै त्यहाँको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सुनाएको छ।

National Life

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) को तीन सदस्यीय इजलास—न्यायाधीश गुलाम मुर्तजा, मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी—ले सोमबार फैसला सुनाएको हो।

उक्त मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षक अभियुक्त बनाइएका थिए। अदालतले तीनै जनालाई दोषी ठहर गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

इजलासका अनुसार प्रदर्शन दमनका क्रममा आन्दोलनकारीको पहिचानका लागि ड्रोन प्रयोग गर्न अनुमति दिएको, भीड भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको, प्रधानमन्त्री हसिनाकै निर्देशनमा भएको प्रमाणित गरिएको छ। अदालतले ५४ जनाको बयानलाई आधार बनाउँदै निर्णय सुनाएको हो।

शेख हसिना सुनुवाइमा सहभागी भइनन्। उनी हाल भारतमा रहेको जनाइएको छ।

प्रतिकृया