• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

प्रकाशित मिति

२०८२ कार्तिक ३० गते, आईतवार ११:०९

कात्तिक ३०, २०८२ काठमाडौं— सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशत दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसमा ५% बोनस शेयर र ५.३५८३% नगद लाभांश (करसहित) रहेको छ।

National Life

कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो लाभांश दर पारित गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि शेयरधनीहरूलाई उक्त लाभांश वितरण गरिने बैंकले स्पष्ट पारेको छ।

प्रतिकृया