• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

मंसिर महिनामा १० वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

प्रकाशित मिति

२०८२ कार्तिक ३० गते, आईतवार ०९:४९

कात्तिक ३०, २०८२ काठमाडौं— वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचनाअनुसार २० मध्ये १० वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन्।

National Life

एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबीआई, सानिमा र कुमारी बैंकले मंसिर महिनामा ब्याजदर घटाएका हुन्।

सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक एनआईसी एशिया भएको छ। बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाउँदै मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत निर्धारण गरेको छ। सो बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि घटाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ। सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकल दिनेछ। उक्त बैंकले अधिकतममा ४.७ प्रतिशत ब्याज दिने भएको छ।

कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरुको औषत ब्याजदर घटेको छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतविन्दुले घटेको छ। कात्तिकमा बैंकहरुले औषतमा ५.२० प्रतिशतविन्दुका दरले ब्याज दिएका थिए। मंसिरमा भने सो घटेर ५.०४ प्रतिशतविन्दुमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशतविन्दुले घटाएका छन्।

प्रतिकृया