• २० असोज २०८३, मंगलबार
  • ९ः१५ बिहान

नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न लगाइयो

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार ११:४१

कात्तिक  २७, २०८२ काठमाडौं— नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिएका छन्।

National Life

अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो। मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो।

कार्कीले यसअघि उपत्यका, काठमाडौं र लुम्बिनी प्रदेशको कमाण्ड सम्हाल्दै इमानदार र पेशेवर प्रहरी अधिकृतको छवि बनाएका छन्। उनी पूर्व केन्द्रीय प्रवक्ता समेत रहिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया