• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

५ महिनामै बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार ११:४९

कात्तिक  २७, २०८२ काठमाडौं— बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको पाँच महिनामै सरुवा भएको छ। अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई २०८२ जेठ १९ गते बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो।

National Life

कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। बराल दुई वर्षपछि पुनः अर्थ मन्त्रालय फर्किएका हुन् र शुक्रबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछन्।

बराल यसअघि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख र आन्तरिक राजस्व विभागको महानिर्देशकको रूपमा काम गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, बागमती प्रदेशको नयाँ प्रमुख सचिवमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई सरुवा गरिएको छ।

प्रतिकृया