• २० असोज २०८३, मंगलबार
  • ९ः५६ बिहान

निर्वाचन सफल बनाएर लोकतन्त्र सुदृढ गर्न राष्ट्रपति पौडेलको आह्वान

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०२:४४

कात्तिक २३, २०८२ काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ सुदृढ बनाउन आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन सबै पक्ष जुट्नुपर्ने बताएका छन्।

National Life

आइतबार सिंहदरबारमा आयोजित सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलले युवा पुस्तामा सुशासन र विकासप्रतिको उत्साहलाई सम्बोधन गर्न लोकतान्त्रिक अभ्यासलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

उनले भने, “संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन निर्वाचन सफल बनाउनु अत्यावश्यक छ।” राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र त्यसको प्रतिफल जनतासम्म पुगोस् भन्ने उद्देश्यसहित सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले देशका सकारात्मक परिवर्तन, विकासका पहल र सम्भावनाबारे नागरिकलाई सूचित गर्न मिडिया दत्तचित्त भएर लाग्नुपर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो, त्यसैले यथार्थमा आधारित सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो। राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोगबाट भ्रम, मिथ्या र संशयपूर्ण सूचना फैलाउने जोखिमबाट जनतालाई जोगाउन जिम्मेवार सञ्चारमाध्यमले अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन्।

प्रतिकृया