• २० असोज २०८३, मंगलबार
  • ९ः५६ बिहान

सुकुम्बासीमाथि ज्यादती सहिँदैन, प्रसाईंद्वारा बालेन साहलाई चेतावनी

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०२:३१

कात्तिक २३, २०८२ काठमाडौं— व्यवस्थाविरोधी आन्दोलनको तयारीमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुकुम्बासीमाथि भएको ज्यादतीविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।

National Life

काठमाडौँ महानगरले सुकुम्बासी बस्ती खाली गर्न एक हप्ताको अल्टिमेटम दिएको अवस्थामा आज प्रसाईं बस्ती पुगेका थिए। उनले यस्तो प्रयास सफल नदिने र स्थानीय बासिन्दालाई आफ्नो तागतमा विश्वास राख्दै तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै उनले मेयर बालेन साह र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई चेतावनीसमेत दिएका छन्। यसैगरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा पनि उनले सुकुम्बासीमाथिको अन्याय सह्य नहुने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

सुकुम्बासी बस्ती बसोबास संरचना जिल्ला समितिका अध्यक्ष पदम सिजापतिसहित स्थानीयहरूसँग भेटघाट गर्दै प्रसाईंले आन्दोलनका लागि समुदायलाई सचेत गराएका छन्।

प्रतिकृया