• २० असोज २०८३, मंगलबार
  • १०ः०० बिहान

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा दोहोरो अंकले घट्यो

प्रकाशित मिति

२०८२ कार्तिक २१ गते, शुक्रबार ११:३६

कात्तिक २१, २०८२ काठमाडौं— चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासम्ममा वाणिज्य बैंकले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार मुनाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।

National Life

बैंकहरुको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को तुलनामा भने दोहोरो अकंले घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख ५८ हजार रुपैयाँ नाफा कमाएका थिए । यसअवधिमा १५ बैंकको नाफा घटेको छ भने ५ बैंकको मात्रै बढेको छ । ५ बैंकको मुनाफा भने अर्ब क्लबमा रहेको हो ।

सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले तीन महिनाको अवधिमा आफ्नो मुनाफा २२.९२ प्रतिशतले बढाएर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १४.५७ प्रतिशतले कम हो ।

त्यसैगरी, प्राइम बैंक सर्वाधिक नाफा आर्जन गर्ने सूचीको तेस्रो नम्बरमा रहेको छ । समिक्षा अवधिमा प्राइमले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २.२० प्रतिशतले कम हो ।

धेरै नाफा आर्जन गर्ने चौथो नम्बरमा रहेको एभरेष्ट बैंकको ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ लाख र पाँचौ नम्बरमा रहेको कुमारी बैंकको २ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

यसअवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने सरकारी कम्पनी राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले आफ्ना नाफा २९५ प्रतिशतले बढाएर ५९ करोड ८७ लाख रुपैयाँ पुराएको हो ।

पहिलो त्रैमाससम्मको अवधिमा नाफा आर्जन गर्ने बैंकहरुमा क्रमशः एनएमबी बैंकको २० प्रतिशतले घटेर ९१ करोड ५९ लाख, हिमालयन बैंकको ३ प्रतिशतले घटेर ७० करोड २८ लाख, स्टान्र्डड चार्टड बैंकको १९.७२ प्रतिशतले घटेर ६९ करोड २१ लाख, नेपाल बैंकको २.३१ प्रतिशतले घटेर ५८ करोड ८२ लाख, प्रभु बैंकको ४६.३३ प्रतिशतले घटेर ५५ करोड ८४ लाख, नेपाल एसबिआई बैंकको ३८.४३ प्रतिशतले घटेर ५० करोड १५ लाख र सानिमा बैंकको १३ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, माछापुच्छ्रे बैंकको नाफा ४१ करोड ७९ लाख, लक्ष्मी सनराइजको ३३ करोड २३ लाख, सिद्धार्थ बैंकको ३२ करोड ४० लाख, एनआईसी एशिया बैंकको १२ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ करोड ५० लाख र कृषि विकास बैंकको ५७ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

यसअवधिमा सिटिजन्स बैंकको नाफा ऋणात्मक रहेको छ । तीन महिनाको अवधिमा बैंकको नाफा २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रतिकृया