• २० असोज २०८३, मंगलबार
  • १०ः०० बिहान

प्रहरीले नक्कली बीमा दावी गर्ने ६ जनालाई पक्राउ

प्रकाशित मिति

२०८२ कार्तिक २१ गते, शुक्रबार ०१:२७

कात्तिक २१, २०८२ काठमाडौं— प्रहरीले नक्कली सवारी दुर्घटना बनाएर बीमा रकम दावी गर्ने ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर गोदावरी–१४ का ३६ वर्षीय सुनिल महर्जन, ३३ वर्षीय बिकेश कुँवर, काठमाडौं–१२ का ५१ वर्षीय बिनोद डंगोल, सर्लाही इस्वरपुर–३ का ३९ वर्षीय सुनिल सापकोटा, काभ्रेपलाञ्चोक पाँचखाल–२ का ४८ वर्षीय हरिप्रसाद गौतम र बारा निजगढ–६ का ४५ वर्षीय मनोजकुमार आचार्य रहेका छन्।

National Life

जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार उनीहरूले नक्कली सवारी दुर्घटना खडा गरी सरकारी कार्यालयका नक्कली कागजात र छाप प्रयोग गरेर नक्कली घाइते बनाएर अस्पतालमा उपचार गरिएको जस्तो देखाउने कागजात तयार पारेका थिए। त्यसपछि उनीहरूले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट बीमा रकम दाबी गरेका थिए।

प्रहरीले पैसा भुक्तान गराउने उक्त कम्पनीका कर्मचारीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया