प्रधानमन्त्री कार्यालयले भन्यो– गृहमन्त्री हटाउन बालेनले दबाब दिएका छैनन्
प्रकाशित मिति
२०८२ कार्तिक १३ गते, बिहीबार ११:०७
कात्तिक १३, २०८२ काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भन्ने समाचारप्रति प्रधानमन्त्री सुशिला कार्कीको ध्यानाकर्षण भएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै मन्त्री नियुक्ति वा हटाउने विषय प्रधानमन्त्रीको पूर्ण अधिकारक्षेत्रमा पर्ने भन्दै कुनै पनि दबाब वा प्रभावमा त्यसबारे निर्णय नहुने स्पष्ट पारेका छन्।
श्रेष्ठका अनुसार जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरूप गठन भएको यो सरकारले असामान्य परिस्थितिमा राष्ट्रको जिम्मेवारी वहन गर्दै आएको छ। गृहमन्त्री अर्यालले आगामी निर्वाचनका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्रीका सचिव श्रेष्ठले संवेदनशील अवस्थालाई ध्यानमा राख्दै यस्ता अफवाह नफैलाउन र नपत्याउन सबै पक्षलाई आग्रह गरेका छन्।








प्रतिकृया