• २० असोज २०८३, मंगलबार
  • ११ः५६ बिहान

तौलिहवामा रात्रिबस दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

प्रकाशित मिति

२०८२ कार्तिक १३ गते, बिहीबार ०९:५८

कात्तिक १३, २०८२ काठमाडौं— शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको रात्रिबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

National Life

राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक रात्रिबसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका पुरुष पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बसमा सवार अन्य पाँच जना घाइते भएका छन्। उनीहरूलाई प्रहरीको सहायतामा उद्धार गरी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारका लागि पठाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया