ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
प्रकाशित मिति
२०८२ कार्तिक १३ गते, बिहीबार १०:०८
कात्तिक १३, २०८२ काठमाडौं— आज (बिहीबार) ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोलि कात्तिक १४ गते बुकक्लोज गर्नेछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते (आइतबार) बुकक्लोज गर्नेछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।
गुराँस लघुवित्तले कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले १४.२५% बोनस शेयर र ०.७५% नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते गैरीधारा, काठमाडौंस्थित सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले ८% बोनस शेयर वितरण तथा सोपश्चात चुक्ता पूँजीको ६०% हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।
ग्लोबल आइएमई बैंकले भने कात्तिक २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने १९ औँ वार्षिक साधारण सभामा ८% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।








प्रतिकृया