नवलपरासीमा जेनजी आन्दोलनबाट कति भयो क्षति ?
प्रकाशित मिति
२०८२ कार्तिक १३ गते, बिहीबार ०९:३६
कात्तिक १३, २०८२ काठमाडौं— जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लामा भएको आगजनी र तोडफोडबाट करिब ५८ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार आन्दोलनका क्रममा ४० वटा सवारीसाधन र ५३ वटा भौतिक संरचनामा क्षति पुगेको हो। क्षतिग्रस्त सवारीसाधनमध्ये १७ वटा मोटरसाइकल र चारवटा चारपाङ्ग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्।
त्यस्तै, दुईवटा प्रहरी एकाइ, तीनवटा प्रहरी बिट, गण्डकी प्रदेशअन्तर्गतको एउटा सरकारी कार्यालय, तीनवटा पालिका कार्यालय र छवटा वडा कार्यालयमा आगजनी भएको छ। आन्दोलनका क्रममा १५ वटा निजी घर र पार्टी कार्यालयहरूमा समेत क्षति पुगेको बताइएको छ। यसमध्ये चारवटा राजनीतिक दलका जिल्ला कार्यालय र १२ वटा नगर पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ।
यस्तै, आइएमई ग्रुपको मौलाकाली केबलकार र बाबुराम सुनचाँदी पसलमा पनि आगजनी र तोडफोड भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएका छन्।








प्रतिकृया