• २० असोज २०८३, मंगलबार
  • ११ः५६ बिहान

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले दिए राजीनामा

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार ०२:०४

कात्तिक १२, २०८२ काठमाडौं— सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका छन्। रानाभाट २०५८ साउन १८ मा इन्स्पेक्टरको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए र यसै वर्ष एसएसपीमा बढुवा भएका हुन्। उनी २०८२ साउनमा वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए।

National Life

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार, उनको राजीनामा पेस भइसकेको छ। एसएसपीको राजीनामा स्वीकृतिका लागि आईजीपीले निर्णय गरी गृह मन्त्रालयमा पठाउने कानुनी व्यवस्था रहेको छ।

प्रतिकृया