• २० असोज २०८३, मंगलबार
  • ११ः०७ बिहान

एमाले छोड्ने कदम आवश्यक र औचित्यपूर्ण रहेको माधव नेपालले गरे पुष्टि

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार ०२:१६

काठमाडौं, कात्तिक १२ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट अलग हुने निर्णय पूर्ण रूपमा उचित र अपरिहार्य भएको बताएका छन्।

National Life

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन मार्फत उनले पार्टीका केही नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै भने, ‘हाम्रो एमालेबाटको विद्रोह न अनुचित थियो न अविवेकी—यो समयानुकूल र आवश्यक कदम थियो।’

नेपालले एमाले छोड्नु केवल आन्तरिक असहमति वा वैचारिक मतभेदकै कारण नभएको उल्लेख गर्दै, त्यहाँको नेतृत्वले अपनाएको दक्षिणपन्थी दिशा र वैचारिक दमन प्रवृत्ति प्रमुख कारण भएको बताए। प्रतिवेदनमा भनिएको छ, ‘महाधिवेशनले अनुमोदन गरेको निर्णयलाई चुनौती दिनु पार्टी विधानअनुसार अनुशासन उल्लङ्घन हो।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया