रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना, तीनको मृत्यु
प्रकाशित मिति
२०८२ कार्तिक १२ गते, बुधबार १२:२५
रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा सैनामैना–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्।
घाइते सबैको उपचारका क्रममा कपिलवस्तुको पिपरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएका छन्।
गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्। उनीहरुको टाउकोमा गम्भीर चोट लागेकाले बुटवलमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०:३० बजे अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ।








प्रतिकृया