• २० असोज २०८३, मंगलबार
  • १२ः०० दिउँसो

सोलुखुम्बुको लुक्लामा हेलिकप्टर दुर्घटना

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार ०९:३४

कात्तिक १२, २०८२ काठमाडौं— सोलुखुम्बुको लुक्ला नजिक लुबुचे क्षेत्रमा आज बिहान एक हेलिकप्टर दुर्घटना भएको छ। सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार अल्टिच्युट एयरको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो।

National Life

उनीका अनुसार हेलिकप्टरमा कुनै यात्रु थिएनन्। पाइलट सकुशल रहेका छन् र उद्धार गरिएको जानकारी दिइएको छ। दुर्घटना भएको हेलिकप्टर काठमाडौंबाट उद्धारका लागि गएको थियो। घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयहरू पुगेका छन् र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया