• २० असोज २०८३, मंगलबार
  • १२ः०० दिउँसो

नेपालमा नविकरणीय ऊर्जामा लगानी गर्न कुलमान घिसिङको आह्वान

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ०८:१२

काठमाडौं, कात्तिक ११ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालका जलविद्युत् र सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ सभामा सम्बोधन गर्दै उनले नेपालको जलविद्युत् दक्षिण एशियाको स्वच्छ ऊर्जा रूपान्तरणको प्रमुख स्रोत रहेको बताए।

National Life

उनका अनुसार नेपालसँग झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प–स्टोरेज सम्भावना छ, जसले क्षेत्रीय ग्रिड स्थिरता र ऊर्जा सन्तुलनमा योगदान पुर्‍याउनेछ। मन्त्री घिसिङले सन् २०३५ सम्म १५ हजार मेगावाट नविकरणीय ऊर्जा निर्यात गर्ने लक्ष्य रहेको उल्लेख गर्दै भने, “नेपालमा लगानी गर्नुहोस्, हरित भविष्यको हिस्सा बन्नुहोस्।”

उनले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न क्षेत्रीय सहकार्य र जलवायुप्रतिरोधी पूर्वाधार सुदृढ गर्नुपर्नेमा पनि जोड दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया