तिहारको बिदामा समेत प्राधिकरणको काउन्टर खुला, बक्यौता तिर्न सकिने व्यवस्था
प्रकाशित मिति
२०८२ कार्तिक ४ गते, मंगलवार ०९:१९
कात्तिक ४, २०८२ काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले तिहारको सार्वजनिक बिदामा पनि उद्योगहरूले बक्यौता तिर्न सक्ने व्यवस्था गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बक्यौता तिर्ने उद्योगहरूका लागि काउन्टर सञ्चालनमा राखिएको छ।
सिलवालले किस्ताको सुविधा लिएका उद्योगहरूले पहिलो किस्ता तिरेमा जुनसुकै समयमा काटिएको लाइन पुन: जडान गरिने स्पष्ट पारेका छन्।
विद्युत् प्राधिकरणले तिहारको बीचमै बक्यौता असुली अभियान जारी राख्दै मंगलवार बिहानैदेखि विद्युत् लाइन काट्ने कार्य थालेको छ। प्राधिकरणका अनुसार चार ठूला उद्योगहरूको लाइन बिहानै काटिएको हो।
लाइन काटिएको उद्योगहरूमा दाङको घोराही सिमेन्ट, लुम्बिनीको अर्घाखाँची सिमेन्ट, परवानीपुरस्थित त्रिवेणी स्पिनिङ र अमलेखगञ्जको जगदम्बा स्टील रहेका छन्। डेडिकेटेड तथा ट्रंक लाइनको विवाद समाधान नहुँदै प्राधिकरणले विद्युत् महसुल असुलीमा कडाइ गरेको हो। दीपावली सकिएलगत्तै विद्युत् प्राधिकरणले बक्यौता तिर्न आलटाल गरिरहेका उद्योगहरूमाथि कडाइ गरेको जनाएको छ।








प्रतिकृया