• २० असोज २०८३, मंगलबार
  • १२ः४१ दिउँसो

भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

प्रकाशित मिति

२०८२ कार्तिक ४ गते, मंगलवार ०९:२८

कात्तिक ४, २०८२ काठमाडौं– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ७५ करोड २७ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन चालु आवको कुल वार्षिक लक्ष्यको १६.९० प्रतिशत हो।

National Life

कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार पहिलो त्रैमासिकका लागि ८७ करोड १० लाख २८ हजार रुपैयाँ लक्ष्य राखिएको थियो, जसको ८६.४२ प्रतिशत मात्र प्राप्त भएको हो।

त्रैमासिक अवधिमा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मूल्य अभिवृद्धि कर (VAT) बाट ३१ करोड नौ लाख २४ हजार, र अन्तःशुल्कबाट १८ करोड ६९ लाख ५२ हजार रुपैयाँ सङ्कलन गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कार्यालयले ६९ करोड २८ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। यस हिसाबले यो वर्षको पहिलो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख कर अधिकृत थापाले राजस्व लक्ष्य हासिल गर्न बजार अनुगमन र निगरानीलाई सशक्त बनाइने र करदातामैत्री व्यवहार अपनाइने बताए। उनले करदातालाई अत्यधिक दबाब नदिई व्यावहारिक कर शिक्षा तथा सहजीकरण कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी पनि दिए।

प्रतिकृया