• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

नर्सहरूको समस्यामा सम्बोधन गर्न सातै प्रदेशमा कार्यदल गठन

प्रकाशित मिति

२०८२ कार्तिक ३ गते, सोमबार ०८:०५

कात्तिक ३, २०८२ काठमाडौं– पारिश्रमिक लगायतका समस्यामा संघर्षरत नर्सहरूको विषयमा समाधान खोज्न सरकारले सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आइतबार बसेको पहिलो बैठकले यो निर्णय गरेको हो।

National Life

नेपाल नर्सिंङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशका मन्त्रालय, जिल्ला प्रशासन र आन्दोलनरत नर्स प्रतिनिधिसहितको कार्यदल बनेर स्थलगत अनुगमन गरी सुझाव दिनेछ।

तिहार बिदामा पनि भर्चुअल माध्यमबाट कार्य सुरु गर्ने निर्णय भएको समितिका सदस्य अनुप बाँस्तोलाले जानकारी दिए। समितिको दोस्रो बैठक कात्तिक ९ गते बोलाइएको छ, जसमा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिसमेत अनिवार्य गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया